दफा १५
अन्य अभिलेखहरु
फिर्ता आएका, रिकल भएका, म्याद नाघेका, नष्ट भएका, नष्ट गरिएका वा कुनै प्रकारले गुणयुक्त र जनसुरक्षित नहुने गरी उत्पादन भएका औषधिहरुको पनि उचित रुपमा अभिलेख राख्नु पर्दछ । यस प्रकारका औषधिहरुमध्ये कुनै औषधि विक्री–वितरणमा ल्याउन पुन प्रशोधन गरिएको भए सोको निर्णय, प्रशोधन गरिएको मिति, प्रशोधनको तरिका र पुन बिक्री–वितरण सम्बन्धी अभिलेख समेत राख्नु पर्दछ ।